ट्रम्पले सार्वजनिक गरे कतारको उपहार ‘एयर फोर्स वान’ जेट

वाशिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का रूपमा प्रयोग गरिने नयाँ बोइङ ७४७-८ जम्बो जेट सार्वजनिक गर्नुभएको छ। ब्रिटिश समाचार संस्था बीबीसीका अनुसार कतार सरकारले गत वर्ष अमेरिकालाई बिना सर्त उपहारस्वरूप प्रदान गरेको झण्डै ४० करोड अमेरिकी डलर मूल्यको उक्त विमान अमेरिकी सेनाले आवश्यक परिमार्जन सम्पन्न गरेपछि सार्वजनिक गरिएको हो।

अमेरिकी वायुसेनाले राष्ट्रपतिको आधिकारिक विमानका रूपमा प्रयोग गर्नुअघि जेटको अन्तिम परीक्षण उडान गरिने जनाएको छ। परिमार्जनका क्रममा विमानमा उच्चस्तरीय सुरक्षा प्रणाली, विशेष सञ्चार प्रविधि, बन्दोबस्ती सहयोग प्रणाली तथा अत्याधुनिक उपकरण जडान गरिएको वायुसेनाले जनाएको छ।

सन् २०२५ को मे महिनामा कतारी शाही परिवारले उक्त विमान अमेरिकी रक्षा मन्त्रालयलाई उपहारस्वरूप हस्तान्तरण गरेको थियो। त्यसपछि विमानलाई ‘एयर फोर्स वान’ को मापदण्डअनुसार स्तरोन्नति तथा परिमार्जन गरिएको हो। अमेरिकी राष्ट्रपति सवार हुने विमान ‘एयर फोर्स वान’ विश्वकै सबैभन्दा सुरक्षित र अत्याधुनिक सरकारी विमानमध्ये एक मानिन्छ। नयाँ बोइङ ७४७–८ विमान सञ्चालनमा आएपछि राष्ट्रपति यात्राको सुरक्षा, सञ्चार क्षमता तथा कार्य सञ्चालन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्