मेरो सम्पत्ति त खरानी भइसक्यो, सम्पत्ति विवरण किन बुझाउने: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफूले बयान नदिने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त आयोगलाई मान्यता नदिने स्पष्ट पार्दै आफूले सम्पत्ति विवरण पनि नबुझाउने बताएका हुन्। ‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे–जे गर्न सक्छ, गरोस्,’ ओलीले भने।

ओलीले विपक्षी दलका नेताहरूलाई लक्षित गरेर आयोग गठन गरिएको आरोप समेत लगाए। उनका अनुसार आयोग निष्पक्ष नभई पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित छ। ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो। विपक्षीलाई फसाउन यस्ता गतिविधि गरिएको छ,’ उनले भने।आफ्नो सम्पत्ति आगलागीका कारण नष्ट भइसकेको दाबी गर्दै ओलीले सम्पत्ति विवरण माग्नुको औचित्यमाथि पनि प्रश्न उठाए।

‘मेरो सम्पत्ति विवरण त खरानी भइसकेको छ। खरानी छ, उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण ?’ उनले व्यंग्यात्मक शैलीमा भने।ओलीको यो अभिव्यक्तिसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकता, भूमिका र राजनीतिक उद्देश्यबारे बहस थप चर्किने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्