आगामी आवको बजेट मन्त्रिपरिषदबाट पारित, सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिदैँ

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट पेश गर्नुभएको थियो । मन्त्रिपरिषद्बाट बजेट पारित भएसँगै अब उक्त बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सरकारले यसपटकको बजेटमा आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना, पूर्वाधार विकास, डिजिटल प्रविधि विस्तार तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्