काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुने भएको छ । संवैधानिक परिषद्ले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले १० दिनको समय दिँदै शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।
समितिका अनुसार डा. शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा देखिएको अन्योल अन्त्य गर्न शीघ्र सुनुवाइ प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
प्राप्त उजुरी खोल्नका लागि आज बिहान ८ बजे समितिको बैठक बोलाइएको छ । बैठकपछि उजुरीहरू सांसदहरूलाई वितरण गरिने जनाइएको छ । त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुहुनेछ ।





