एसईई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि हुने

काठमाडौँ – आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा नन–ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षाको तयारी भइरहेको जानकारी दिँदै विस्तृत परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने जनाएको छ । यस वर्षको एसईई नतिजाअनुसार १ लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन-ग्रेडिङमा परेका छन् । ती विद्यार्थीलाई पुनः परीक्षा दिने अवसरस्वरूप ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा सम्बन्धी थप विवरण, केन्द्र निर्धारण तथा समयतालिका आधिकारिक माध्यमबाट सार्वजनिक गरिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्