काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटा २०२६ का लागि मनोनयनमा परेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र पनौती नगरपालिका–१ को संगमस्थलमा अवस्थित उक्त रिसोर्ट दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने साटा अवार्डका लागि छनोट भएको हो।
साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ। रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन मतदान गर्न आग्रह गरेको छ।
रिसोर्टका सञ्चालक रामसुन्दर बके ले यो मनोनयन नेपाली पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक संकेत भएको उल्लेख गरे।
भिलेज हाईल्याण्ड रिसोर्ट स्वच्छ र मनोरम वातावरण तथा परिसरबाट देखिने हिमश्रृंखलाका दृश्यका कारण स्वदेशी तथा विदेशी पाहुनामाझ लोकप्रिय छ। यहाँबाट सगरमाथा, कञ्चनजंघा, मकालु, मनास्लु, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमाल र लाङटाङ हिमाल लगायत हिमालहरू अवलोकन गर्न सकिन्छ।
रिसोर्ट परिसरबाट ४० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिने तथा कोठाबाटै काठमाडौं, ललितपुर र भक्तपुर का अधिकांश भाग देख्न सकिन्छ।
रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार र पारिवारिक वातावरण उपलब्ध रहेको छ। दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो ।
भोट गर्नको लागि
https://www.southasiantravelawards.com/vote/village-highland-resort-2026-0?category=76





