आईपीएल अन्तर्गत गुजरात टाइटन्सद्वारा राजस्थान रोयल्स ७७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको छ । जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले शानदार ८४ रन बनाए ।

२३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा १५२ रनमै अलआउट भयो । गुजरातको जितमा राशिद खानले ४ विकेट तथा जेसन होल्डरले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । यस जितसँगै गुजरात ११ खेलबाट १४ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट १२ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ ।

आज इन्डियन प्रिमियर लिगमा दुई खेल हुँदैछन् । पहिलो खेलमा चेन्नई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स दिउँसो पौने ४ बजे भिड्नेछन् । त्यस्तै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु र मुम्बई इन्डियन्स बेलुकी पौने ८ बजे आमनेसामने हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्