ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति पौडेल

PHOTO: RSS

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले जीवनभर हासिल गरेका अनुभव, असल अभ्यास र योगदानलाई पाठ्यक्रम, अन्तरक्रिया तथा विभिन्न माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको अनुभव समाजका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै त्यसबाट युवा पुस्ताले प्रेरणा र व्यवहारिक ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालमा जनसङ्ख्या क्रमशः बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको प्रभावकारी, सम्मानजनक र उत्पादनमूलक व्यवस्थापन अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकको संरक्षण, स्वास्थ्य सुरक्षा, सामाजिक सहभागिता र अनुभवको सदुपयोगका विषयमा अन्य देशका अभ्यासबाट पनि नेपालले सिक्न सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्