राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो।

नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो।

यसअघि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश पनि जारी गरिसक्नुभएको थियो।

सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि सिफारिस गरिए पनि त्यसबारे राष्ट्रपतिले अध्ययन गरिरहनुभएको बताइएको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने शुक्रबार र शनिबार जारी भएका निर्णयहरूको सूचीमा समावेश छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्