नेपालको शानदार जीत, यूएई ३७ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई ३७ रनले हराएको छ ।

आज भएको खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै अलआउट भयो । यूएईका हर्प्रित सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाए ।

नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए ।

यस जीतसँगै नेपालले २ अङ्क थप गर्दै २१ खेलमा १४ अङ्क बनाएको छ । यूएई भने २१ खेलमा १० अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ भने अमेरिका २४ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले अब बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अङ्क तालिकाको अन्तिम दुई स्थानमा रहेका नेपाल र यूएईका लागि शीर्ष–६ भित्र रहँदै एकदिवसीय मान्यता जोगाउने चुनौती कायम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्