तिनकुने गैरिगाउँका सुकुम्बासी बस्ती खाली गर्न थाले

तस्बिर : केशब गुरुङ, गोरखापत्र

काठमाडौँ । काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती नदी किनारामा बसोबार गर्दै आएका सुकुम्बासीहरूले आज बिहानदेखि आफ्ना घरटहरा खाली गर्न थालेका छन् ।

शनिबार झिसमिसेमै वर्षौँदेखि बस्दै आएका बासिन्दाहरू आफैँ सरसामान निकाल्दै बस्ती छाडिरहेका छन् । उनीहरूले आवश्यक सामग्री बोकेर सुरक्षित स्थानतर्फ सर्ने क्रम जारी राखेका छन् ।

सरकारले उपत्यकाभित्र नदी किनारमा रहेका अव्यवस्थित तथा अतिक्रमित बस्तीहरू हटाउने योजना अनुसार शनिबार र आइतबार दुई दिन लगाएर बस्ती खाली गराउने तयारी गरेको छ ।

सम्बन्धित निकायले जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्