त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइयो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइएको छ । विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनाका लागि समय कटौती गरिएको जनाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब विमानस्थल राति ११ः४५ बजे बन्द हुनेछ भने बिहान ६ः३० बजे मात्र सञ्चालनमा आउनेछ ।

विमानस्थल सुधार आयोजनाअन्तर्गत धावनमार्ग नजिकै विभिन्न निर्माण कार्य सञ्चालन गर्नुपर्ने भएकाले उडान अवधि घटाइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यसअघि भने विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्