लिपुलेक क्षेत्र नेपालकै होः विज्ञ

काठमाडौं – विश्वको नक्सामा नेपालको मानचित्रको आकार बदलिएको छ । दार्चुलाको कालीपूर्वका लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्र समेटेर सरकारले नेपालको नयाँ राजनितिक र प्रशासनिक नक्सा जारी गरेको छ । यसअघिका कतिपय पूराना नक्सामा लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्र समेटिएको हामीसंग थुप्रै प्रमाणहरु छन् । यिनै यथेष्ट प्रमाणको आधारमा नक्सा जारी भएसंगै नेपालको क्षेत्रफल पनि बढेको छ र नक्सा पनि बदलिएको छ ।

अध्यावधिक गरिएको नक्सा आएसंगै यस विषयमा विवाद पनि उत्पन्न भएको छ । तर कुटनितिक सम्वादबाट सीमा विवाद समाधान हुने कुरामा नेपाल विश्वस्त पनि छ । विभिन्न नेपाली सीमा विज्ञहरु पनि अहिले समावेश गरिएका क्षेत्र नेपालकै भएको दाबी गर्छन् । नेपाल भारतवीच भएको सन्धि सम्झौता अनुसारको नक्सा भएकोले सो क्षेत्र नेपालको हो भन्नेमा तथ्य र प्रमाण हामीसंग प्रयाप्त छन् । यसमा नेपाल अडिक रहनुपर्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

नेपालले एकतर्फी नक्सा जारी गरेर भारतको सार्वभौमिकतामा असर पर्यो भन्ने कुरा भारतीय पक्षबाट आईरहँदा भारतले पनि २०१९ मा एकपक्षीय रुपमा नै नक्सा जारी गरेको बताउँदै सीमाविद् श्रेष्ठ नेपाललाई मात्रै दोष लगाउनु राम्रो नभएको तर्क गर्छन् । दुबै देश वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने सीमाविद् श्रेष्ठको सुझाव छ ।

नेपालले जनगणना र मतदान दुबै गराएको छः भैरव रिसाल

२०१८ सालमा लिप्पियाधुरा क्षेत्रको जनगणनामा संलग्न तथ्याङक अधिकृतको रुपमा काम गर्नुभएका वरिष्ठ पत्रकार भैरव रिसाल पनि सो अहिले नक्सामा समाहित क्षेत्र नेपालकै भएको दावी गर्छन् । ९ जना खरिदार सहित आफू सो क्षेत्रमा गएको र त्यहाँका नेपालीहरुको तथ्याङक संकलन गरिएको र उनीहरु मतदानमा पनि सहभागी भएको उनले बताए ।

त्यसबखत आफूले गरेको काम अहिले प्रमाण भएकोमा आफूलाई गर्व लागेको बताउदै रिसालले नेपालले आफ्नो नक्सा अध्यावधिक गरेकोमा सरकारलाई पनि बधाई दिए ।

कालीपूर्वको जग्गा नेपालकै भएको बताउँदै शान्त कुटनीतिबाट यो समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सन २०१६ मार्च ४ मा नेपाल सरकार र तत्कालिन ईष्ट ईण्डिया कम्पनीबीच भएको सुगौली सन्धि र सन १८१६ डिसेम्बरको पुरक सन्धिलाई नै समेटिएका ती भूभागहरु नेपालको भएको प्रमुख प्रमाणका रुपमा सरकारले प्रस्तुत गरेको छ । कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रचलनमा ल्याईएको हो । NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्