चिनियाँ शहर सिआन र काठमाडौँबीच सीधा रेलवे–सडक कार्गो सेवा सुरु

File Photo

काठमाडौं – चिनियाँ शहर सिआन र काठमाडौँबीच सीधा रेलवे–सडक कार्गो सेवा सुरु भएको छ । शुक्रबार चीनको उत्तर पश्चिमी प्रान्त शाङ्सीको राजधानी सिआनको सिञ्चु रेलवे स्टेसनबाट काठमाडौँका लागि उक्त रेल छुटेको छ । सो रेलमा पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान रहेको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउनेछ भने त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइनेछ । यसका लागि जम्मा ८ दिनको समय लाग्नेछ ।
यो सेवा चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्तले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो सेवा शाङ्सी प्रान्तबाट दक्षिण एशियाली मुलुकसँगको पहिलो संयुक्त कार्गो रेलवे सेवा भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्