संविधान संशोधनसँगै स्वाभीमानको लडाईँमा महत्वपूर्ण अध्याय सुरु हुन्छः गगन थापा

File Photo

काठमाडौं – प्रमुख प्रतिपक्षी दल काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले नेपालको परिवर्तित नक्सालाई तत्काल संविधानको अंग बनाउन तत्काल संविधान संशोधन गरी राष्ट्रिय संकल्प बनाउन आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने बताएका छन् ।

त्यसपछि कूटनीतिक रूपमा अझै जिम्मेवारी पूर्वक गर्नुपर्नेमा थापाको जोड छ । नक्सा संविधानको अंग बनेपछि प्रभावकारी कूटनीतिक पहल गरी नेपालको भूमिबाट भारतको नियन्त्रण अन्त्य गर्नुपर्ने उनले बताए ।

थापाले भने, ‘यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो ।’

राष्ट्रिय स्वाभिमानको खाँतिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एकढिक्का भएर, एक ठाउँ उभिएको उनको भनाइ छ । नेपालको संसद् आमनेपालीहरूको राजनीतिक प्रतिनिधित्व हुने सर्वोच्च निकाय भएको भन्दै उनले सामूहिक संकल्पको समय आएको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्