बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं : डा. रवीन्द्र पाण्डे

हिंजो म काम बिशेषले बैंक गएको थिएँ । हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो ।च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन ।

कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए । ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन । ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियाे होला । दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो । उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए ।कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष ब्यबस्था गर्नुपर्ने देखिन्छ ।

  •  हरेक स्टाफको PCR टेस्ट गर्ने । संक्रमित देखिए आइसोलेसनमा राख्ने ।
  •  कोरोना संक्रमण भएका ग्राहक पनि बैंकमा आउछन् । तसर्थ सहि तरिकाले मास्क, पंजा, चस्मा र हेड क्याप लगाउने ।
  •  लाइन ब्यबस्थापनको लागि ६ फिटमा चिन्ह लगाउने ।
  •  ग्राहकसंग ६ फिटको दुरी राख्ने ब्यबस्था मिलाउने ।
  •  डटपेन, खानेपानीको बोतल लगायतका सामग्री सेयर नगर्ने ।
  •  छुट्टाछुट्टै टेबल ( स्टाफ र ग्राहकको ) को ब्यबस्था गर्ने ।
  •  स्टाफले साबुनपानीले पटकपटक हात धुने ।
  •  ग्राहकले सहि तरिकाले मास्क लगाउने, बाहिर र भित्र २ ठाउमै अनिवार्य ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मोबाइल फोन, कि रिंग, पर्स आदि टेबुलमा राख्न नपाइने ब्यबस्था गर्ने ।
  •  च्यानल गेट ग्राहकले छुन नपाउने । गार्डले स्प्रिट-कपासले सफा गर्दै ग्राहकलाई भित्र / बाहिर जाने व्यवस्था मिलाउने ।
  •  धेरैवटा काउन्टर खोलेर ग्राहकको समय बचत गराउने ।
  •  कागजका झोलामा पैसा लिने / दिने व्यवस्था मिलाउने ।
  • ड्युटी सकिएपछि बैंकमा लगाएका आउटर खोलेर, साबुनपानीले मिचिमिची हात धोएर मात्र घर फर्किने ।


बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो । हरेक बैंकले  ६ फिटको दुरी कायम गर्ने व्यवस्था मिलाउनु अनिवार्य छ । हामीले १-२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ । तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्