सरकारले गाउँका फलफूल शहरमा ल्याएर बच्नु पर्‍यो, शहरबाट गाउँ जाँदा मल र बीऊ लैजान पर्‍यो’: बिडारी

काठमाडौं – राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् ।

‘ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे छन् शरहमा ल्याएर बेच्नुपर्‍यो । शहरबाट गाउँ जाँदा मल र बीऊ लैजान पर्‍यो’ बिडारीले भने । यसले भारतीय सामान नेपाल आउन रोकिने उनको भनाइ छ ।

तर आफ्ना सुझाव सरकारले नसुनेको विडारीले बताए । ‘हामीले पटक पटक भन्दा पनि सरकारले सुनिरहेको छैन । कि हुँदैन भन्न पर्यो । होइन भने त्यो काम किन नगर्ने ?’ बिडारीको प्रश्न छ । सांसद विडारीले प्रमुख जिल्ला अधिकारीहरुले जथाभावी सवारी पास वितरण गरेकाले कोरोना फैलिएको आरोप लगाए ।

‘कोरोना फैलिनुमा सीडीओको पनि दोष छ’ बिडारी भन्छन्, ‘‘तास खेल्दाको साथी, रक्सी खाँदाको साथी, जम्मैलाई पास बाडिँदिने । अहिले पनि पास वितरणमा गृहमन्त्रालयको ध्यान जाओस् ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्