कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर – विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिक र भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका हुन् ।

उदयपुरका तीनजना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरूको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ ।

कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भएका छन् बुधबार डिस्चार्ज भएका आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्