CORONA

कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएपछि प्रहरीका ६ वटा इकाइ सिल

काठमाडौं – महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी वृत्त मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत छन् । अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिरहेको कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए ।

टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो । दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिक हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्