प्रधानमन्त्री ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो, रोष्टममा कुर्सी राखियाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे । तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे । त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्