व्यास क्षेत्रमा तत्काल हेलि लिफ्टबाट खाद्यान्न पुर्‍याउन सांसद बडूको माग (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् ।
सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका कारण सीमा व्यास क्षेत्रका १७२ घरपरिवारका लागि तत्काल हेलिलिफ्टबाट खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पीयाधुराको सीमा सुरक्षाकाको लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
सांसद बडूले उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्नो पार्टीका कार्यकर्ताहरु सहित नेपाली सनाको हेहिकप्टरबाट कालापानी क्षेत्रमा गरेको निरीक्षण औपचारीक हो वा व्यक्तिगत हो भनेर प्रश्न गरेका छन् । उनले यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्