कपिलवस्तुका ३ जना कोरोना संक्रमित गत साता भारतबाट आएको खुलासा

काठमाडौं – कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्