थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं – शनिबार नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्