इन्द्रावती प्रवेश नाकामा अब २४सै घण्टा सुरक्षाकर्मी, स्वास्थकर्मी तथा स्वयंसेवक सहितको हेल्पडेस्क संचालन

सुशील सुवेदी
सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सावधानी अपनाउने नितिगत निर्णय गरेको छ ।

शुक्रबार इन्द्रावतीगाउँपालिका अध्यक्ष बंशलाल तामाङकोअध्यक्षतामा बसेको कोभिड(१९ नियन्त्रण तथा ब्यबस्थापन समितिको बैठकले संक्रमणको जोखिम न्यूनीकरण गर्न जनसरोकारका विषयमा महत्त्वपूर्ण निर्णयहरु भएको अध्यक्ष तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार शुक्रबारको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन आवस्यक मापदण्ड पुरा गरि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि दैनिक बिहान ६ बजे देखी १० बजेसम्म दिनको एकपटक बजार खुल्ला गर्ने निर्णय गरेको छ ।

साथै यस गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाका वडा नम्बर १२को भिमटारस्थित सिपाघाट पुलछेउमा रहेको हेल्पडेस्कमा सुरक्षाकर्मी, स्वास्थकर्मी तथा स्वयंसेवक सहितको टोलि २४सै घण्टा परिचालन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

इन्द्रावती गाउँपालिकामा अन्य जिल्लाबाट भित्रीने सवारीसाधन तथा अत्यावश्यक बाहेकका फलफूल तरकारी लगायत सबै वस्तुमा रोक लगाउने तथा निर्माणसामाग्री बोकेका सवारीको हकमा निसंक्रमिकरण गरेर प्रवेश गराउने निर्णय भएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शंकास्पद बिरामीको उपचारका लागि सुरक्षाकर्मी स्वास्थकर्मी एम्बुलेन्स चालक सहितको एक टोलि गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकामा रहेका विभिन्न सहयोगी संघ संस्था हरुलाई कोभिड(१९ कोषमा सहयोग गर्न अनुरोध गर्दै गाउँपालिकाले पालिका भित्रका विपन्न लाई वडाकार्यालय मार्फत आवस्यक राहत उपलब्ध गराउन स्थानीय संघ संस्थालाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । यसैगरी पालिका भित्रका दीर्घरोगी हरुलाई डाक्टरको प्रेस्कृप्सनको आधारमा औषधि उपलब्ध गराउने र नवलपुरमा रहेको प्राथमिक अस्पतालमा सशुल्क फार्मेसी संचालन गर्ने निर्णय पनि भएको अधिकृत पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्