कोरोना भाइरसको खोप पत्ता नलागे पनि अमेरिका खुल्छः ट्रम्प

Mandatory Credit: Photo by Evan Vucci/AP/Shutterstock (10434333bm) Donald Trump, Sauli Niinisto. President Donald Trump speaks during a meeting with Finnish President Sauli Niinisto in the Oval Office of the White House, in Washington Trump, Washington, USA - 02 Oct 2019

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरे ।

खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने उनले बताएका छन् । धेरै विशेषज्ञहरुले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको खोप निर्माण हुनेमा आशंका व्यक्त गरेका छन् । अहिले विभिन्न १४ किसिमका खोप निर्माणको प्रयास भइरहेको बताए । उनले निकै छिटो र महत्त्वपूर्ण हिसाबमा यो खोप निर्माण हुने अपेक्षा पनि व्यक्त गरे ।

ट्रम्पले पूर्ण रूपमा मानिसहरू खोपमा निर्भर नरहने बताएका छन् । खोप निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब खोप नबने पनि अमेरिका सामान्य बन्ने उनको भनाइ थियो । अन्य धेरै फ्लुको खोप नबन्दा पनि मानिसहरूमा ती फ्लूविरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास भएको उनले बताए ।

खोप निर्माणको नेतृत्व ग्लोक्सोस्मिथक्लाइनकाको खोप विभागको नेतृत्व गरिसकेका मोनासेफ स्लाओइलाई दिइएको छ । ट्रम्पपछि बोल्दै स्लाओइले सन् २०२० को अन्तिमसम्म लाखौं डोजको कोरोना भाइरसको खोप निर्माण हुने दाबी गरेका छन् । उनले यसअघि यो समयसीमा निकै महत्त्वाकांक्षी भए पनि आफूले पूरा गर्न नसकिने प्रतिबद्धता नजनाउने बताएका थिए । बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्