नेपालमा अहिलेसम्म २५ जिल्लामा फैलियो कोरोना संक्रमण, कुन–कनु हुन् ती जिल्ला ?

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरसले नेपालमा पनि गति लिएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्ला निवासीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौंमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा १ र दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्