दासढुंगा प्रकरणको गहिरो अन्वेषण गर्ने ओली–प्रचण्डको प्रतिवद्धता (विज्ञप्ति सहित)

File Photo

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् । २७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जेठ ३ गते दुवै अध्यक्ष ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औ मदनआश्रित स्मृति दिवसकोसन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन व्यक्त गर्दछ ।’

त्यस्तै ओली–प्रचण्डले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन् । मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ २ बर्ष अगाडि २०७५ जेठ ३ गते ततकालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्