भारतलाई जंगीअड्डाको जवाफ: “उपयुक्त मञ्चमा धारणा व्यक्त गर्छौ” – प्रधानसेनापति

काठमाडौं – नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।

साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ ।

नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनेका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।

प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्