चीनमा भन्दा भारतमा कोरोना संक्रमति धेरै, संक्रमितको संख्या ८५ हजार नाघ्यो

काठमाण्डौ – कोरोना भाइसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा पछिल्लो २४ घण्टामा ३७ सय भन्दा धेरै जनालाई सङ्क्रमण भएको पाइएको छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ५८ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय ५३ जनाकोे ज्यान गएको छ ।

चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्