इजरायल–इरान तनावबीच नेपाली दूतावासले स्वदेश फर्कन चाहनेको विवरण संकलन सुरु

काठमाडौँ — इजरायल–इरानबीचको द्वन्द्व चर्किंदै गएसँगै तेलअभिभस्थित नेपाली राजदूतावासले इजरायल र इरानबाट स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण संकलन सुरु गरेको छ।

इजरायलमा करिब ७ हजार र इरानमा १२ जना नेपाली रहेको अनुमान गरिएको छ। दूतावासका अनुसार, पछिल्लो सुरक्षापरिस्थितिका कारण त्रास र समस्यामा परेका नेपालीलाई उद्धार तथा स्वदेश फिर्तीका लागि आवश्यक आधार निर्माण गर्न विवरण संकलन थालिएको हो।

“इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दूतावासले इच्छुक नेपाली नागरिकलाई अनलाइन फारममार्फत रजिस्ट्रेशन गर्न अनुरोध गरेको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले फर्किन चाहनेहरू सम्पर्कमा आएपछि उनीहरूको संख्या र अवस्था हेरी उद्धार तथा व्यवस्थापनका लागि योजना बनाइने जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्