प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रारम्भ भए पनि कार्यसूची अघि नबढाई स्थगन गरिएको हो।

बैठक सुरु भए पनि विशेष कार्यसूचीमा प्रवेश नगरेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए।

अब प्रतिनिधिसभाको अर्को बैठक पर्सि, अर्थात् असार ५ गते बिहान ११ बजे बस्ने तय गरिएको छ।

यसअघि संसदमा सत्तापक्ष र विपक्षी दलहरूबीच देखिएको असहमति तथा विवादका कारण पटक–पटक बैठकमा अवरोध हुँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्