इरानमा इजरायली आक्रमण: ७८ को मृत्यु, ३२० भन्दा बढी घाइते

काठमाडौँ — इजरायलले इरानमाथि गरेको हवाई आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा उक्त आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा बसेको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा बोल्दै इजरायलले नागरिक क्षेत्र, आवासीय भवन र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर जानाजानी आक्रमण गरेको आरोप लगाए।  उनले भने, “हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ।”

इरावानीले आक्रमणमा अमेरिकी भूमिका रहेको उल्लेख गर्दै अमेरिका इजरायललाई हतियार र अन्य सहयोग उपलब्ध गराएर युद्ध अपराधमा संलग्न भएको दाबी गरे। उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको सार्वजनिक रूपमा निन्दा गर्न र यस विषयमा कडाभन्दा कडा कदम चाल्न आग्रह गरे। इरानले घटनालाई अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनको गम्भीर मुद्दा मानेको छ। यता, इजरायलले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। स्थिति गम्भीर बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र तनाव नबढाउन दुवै पक्षलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्