काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित अर्किड प्युपिल सेकेण्डरी स्कुलमा २०८२ सालको विद्यालय प्रतिनिधि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। कुल ४६४ मतदाता मध्ये ३९३ जनाले मतदान गरेका थिए। यो सहभागिता करिब ८४.५% रहेको छ भने तीमध्ये करिब ९% मत बदर भएको छ ।
निर्वाचनबाट विद्यालयको विभिन्न नेतृत्व तहमा प्रतिनिधिहरू चयन भएका छन्। स्कुल क्याप्टेनमा प्रणय भुजेल, भाइस क्याप्टेनमा युदृष्टि श्रेष्ठ, अनुशासन इन्चार्जमा सिसिर जिरेल, अनुशासन सह–इन्चार्जमा प्राजुना कार्की, स्वच्छता इन्चार्जमा सगुन श्रेष्ठ, स्वच्छता सह–इन्चार्जमा प्रवेश कार्की, भाषा इन्चार्जमा जोसेफ घिसिङ, र भाषा सह–इन्चार्जमा जेनिशा ढकाल विजयी भएका छन्।
विद्यालयका सञ्चालक प्रेमकुमार भुजेलले मतदानप्रति विद्यार्थीको सक्रिय सहभागिता देखेर खुसी व्यक्त गरे। उनले भने, “विद्यार्थीहरूमा नेतृत्व विकासका लागि यस्ता लोकतान्त्रिक अभ्यासहरू अपरिहार्य छन्। हामी सधैं उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार पार्न प्रतिबद्ध छौं।”
प्रधानाध्यापक सी.बी. कार्कीले निर्वाचन प्रक्रियालाई पूर्ण पारदर्शिता र निष्पक्षताका साथ सम्पन्न गरिएको जनाउँदै भने, “शिक्षणसँगै नेतृत्व विकास पनि हाम्रो स्कुलको मूल उद्देश्य हो। नवनिर्वाचित प्रतिनिधिहरूबाट अनुशासन, स्वच्छता र आपसी समन्वयमा सकारात्मक काम हुनेमा हामी विश्वस्त छौं।”
विद्यालय संयोजक नरेन्द्रप्रसाद पाण्डेयले भने, “विद्यार्थीहरूमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष प्रतिनिधि निर्वाचन गरिन्छ। यो वर्ष पनि सुदृढ व्यवस्थापन र सहयोगले गर्दा निर्वाचन शान्तिपूर्ण र सफल बन्यो।”
विद्यालय परिवारले नवनिर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै उनीहरूबाट विद्यालयको वातावरण अझ सकारात्मक, अनुशासित र अग्रगामी बन्ने अपेक्षा व्यक्त गरेको छ।
-
स्कुल क्याप्टेन :
– प्रणय भुजेल — ७७ मत (प्यानल: Book) -
स्कुल भाइस क्याप्टेन :
– युदृष्टि श्रेष्ठ — ७५ मत (प्यानल: Book) -
अनुशासन इन्चार्ज :
– सिसिर जिरेल — ७६ मत (प्यानल: Book) -
अनुशासन सह–इन्चार्ज :
– प्राजुना कार्की — ८१ मत (प्यानल: Computer) -
स्वच्छता इन्चार्ज :
– सगुन श्रेष्ठ — ९४ मत (प्यानल: Book) -
स्वच्छता सह–इन्चार्ज :
– प्रवेश कार्की — ७५ मत (प्यानल: Saraswati) -
भाषा इन्चार्ज :
– जोसेफ घिसिङ — ७४ मत (प्यानल: Book) -
भाषा सह–इन्चार्ज :
– जेनिशा ढकाल — ८२ मत (प्यानल: Clock)