बैतडीका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ

बैतडी – बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

डिलाशैनी गाउँपालिका वडा नं १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० बर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । गत वैशाख १८ गते भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका डिलाशैनी गाउँपालिका वडा नं १ का ती पुरुषको आरडीटी परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो । आरडीटी पोजेटिभ देखिएका पुरुषको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाइने भएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्नका लागि ल्याउने तयारी भईरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्