सरकारको खातामा ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी मौज्दात

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म नेपाल सरकारका खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा यो रकम संकलन भएको हो।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा सरकारका खातामा जम्मा ९३ अर्ब ९६ करोड रुपैयाँ मात्र मौज्दात थियो। त्यसको तुलनामा हाल मौज्दात रकममा उल्लेखनीय वृद्धि देखिएको हो।

सरकारका खातामा मौज्दात रकम बढ्नु आम्दानी उच्च हुनु, खर्चको गति सुस्त हुनु वा दुबै कारणले हुन सक्ने अर्थशास्त्रीहरू बताउँछन्। यस्तो मौज्दातले बजेट कार्यान्वयनको गति, पूँजीगत खर्चको स्थिति, र समष्टिगत मौद्रिक व्यवस्थापनसँग समेत सरोकार राख्दछ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सरकारी खर्च र राजस्व संकलनबीचको अन्तरले यो मौज्दातको स्थिति देखिएको हो। आगामी बजेट कार्यान्वयनका लागि यस मौज्दातले कस्तो भूमिका खेल्नेछ भन्नेबारे विश्लेषकहरूले चासो देखाइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्