काठमाडौँ — संसद्मा जेठ १३ देखि जारी अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बसिरहेको छ। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा बसेको उक्त बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादीका नेताहरू सहभागी छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध अनुसन्धान गर्न छानबिन समिति गठन गर्न माग गरिरहेका छन्। त्यस्तै, रास्वपाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने पनि औंल्याएको छ।
यसअघिको प्रतिनिधिसभा बैठक निरन्तर सरेको छ र अवरोधका कारण संसद सञ्चालनमा कठिनाइ भइरहेको छ।