स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।

पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन् । सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्