भारतमा एकै दिन ३७ सय भन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ७८ हजार पार, २५ सय बढीको मृत्यु

काठमाडौँ – भारतमा एकै दिन ३७ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ३५ सय भन्दा बढी कोरोनाका नयाँ विरामी फेला पर्दै आएका छन् । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ सय ५१ पुगेको छ भने २६ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्