भ्रष्टाचार मुद्दापछि माधवकुमार नेपाल आजै काठमाडौं फर्किंदै, पार्टी बैठकबाट धारणा आउने

काठमाडौं, जेठ २२ – भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आजै काठमाडौं फर्कन लागेका छन्। उनी हाल गृहजिल्ला रौतहटमा रहेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल बुधबार पार्टी कार्यक्रमका लागि रौतहट गएका थिए। त्यही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित १२ जनाविरुद्ध ललिता निवास भूमि प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी आकस्मिक रूपमा राजधानी फर्कन लागेका हुन्।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल आजै काठमाडौं फर्किने र त्यसपछिमात्रै पार्टीको आधिकारिक धारणा आउने जानकारी दिए।
खनालले भने, “मैले पनि मुद्दा दायर भएको कुरा समाचारमार्फत थाहा पाएँ। त्यसपछि उहाँ कहाँ हुनुहुन्छ भनेर बुझ्दा गौरमा हुनुहुन्छ भन्ने थाहा भयो। अहिले उहाँ फर्किने तयारीमा हुनुहुन्छ।”

नेपाल आज अपराह्न ५ बजे बुद्ध एयरको उडानबाट सिमरा विमानस्थल हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ।
उनको आगमनपछि पार्टीले केन्द्रीय तहमा बैठक बोलाई ललिता निवास प्रकरणमा दायर मुद्दा र यसले पारेको राजनीतिक असरबारे आधिकारिक प्रतिक्रिया दिने तयारी भइरहेको छ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा उच्चपदस्थ राजनीतिक नेताहरूमाथि अनुसन्धानको दायरा बढ्दै गएको थियो।
अख्तियारले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित पूर्वसचिवहरू, भूमाफियाहरू तथा अन्य सरकारी कर्मचारीहरूमाथि मुद्दा दायर गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्