नेपाल आयल निगमको दैनिक कारोबार ६४ करोड रुपियाँले घट्यो

काठमाडौँ – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले भने, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।”
पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो । लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ छ । माग कम भए पनि पूर्ण रूपमा पेट्रोलियम पदार्थको भण्डारण गरिएको छ । पौडेलका अनुसार १५ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ । लकडाउन खुलेर बजार सुचारु भए पनि १२ दिनलाई पुग्ने ग्यास मौज्दात रहेको उनले बताए । भण्डारण अहिलेसम्मकै उच्च रहेको पौडेलेले बताउनुभयो । बुलेटहरूमा समेत मौज्दात राखिएको छ र लकडाउन लम्बिए पनि अभाव नहुने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्