हेलम्बुमा ‘शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष’ मार्फत शिक्षकलाई उपचार खर्च

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिमा १ जना शिक्षकलाई उपचार खर्च दिएको छ ।

बुधबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइराला, शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्ट, अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रकम हस्तान्तरण गरे । निमावी अस्थाई दरबन्दीमा कार्यरत शिक्षक किसोर भट्टलाई ५१ हजार ४ सय २१ रुपैयाँ दिएको गउँपालिका शिक्षा शाखा प्रमुख भट्टले उपहार खबरलाई जानकारी दिए । उनको पित्त थैलिमा ट्युमर भएको र साे को अप्रेसनको बिल अनुसार रकम उपलब्ध गराइएको प्रमुख भट्टले बताए ।
गाउँपालिकामा कार्यरत शिक्षकहरुको प्रत्येक महिनाको तलबबाट रु १०० र गउँपालिकाको तर्फबाट रु १०० थपेर गाउँपालिको शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष खडा गरेको छ । सोही कोषबाट शिक्षक किसोर भट्टलाई रकम उपलब्ध गराएको शिक्षा प्राविधिक विश्वनाथ भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोषको संयोजक गाउँपालिका अध्यक्ष र सदस्य सचिवमा शिक्षा अधिकृत रहने गरि ७ सदस्यीय समिति गठन गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्