वैवाहिक बलात्कारको अभियोगमा फरार रहेका व्यक्ति पक्राउ

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक — वैवाहिक बलात्कारको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले काभ्रेपलाञ्चोक पठाएको छ। उनलाई काठमाडौंको हाँडीगाउँस्थित आफन्तको घरमा विवाहको निम्तो मान्न पुगेकै बेला गत वैशाख २३ गते महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, उनलाई वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाइएको हो।

२०८१वैशाख ३० गते पीडित पत्नीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी गरिएको थियो। पुर्जी जारी भएलगत्तै उनी फरार रहँदै आएका थिए। पक्राउबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका धुलिखेलका प्रहरी उपरीक्षक मिनबहादुर घलेले अभियुक्तलाई कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अगाडि बढाउने र अनुसन्धान गर्ने जानकारी दिए। अभियुक्त काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्