कोटेश्वर–तीनकुने सडकमा तीन वटा सवारी सधान एक-आपसमा ठक्किए, एक महिलाको अवस्था गम्भिर

काठमाडौं – काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ ।

दुर्घटना आज बिहान करिब सवा ६ बजेतिर भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्