धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बन्दै

सुशील सुवेदी
सिन्धुपाल्चोक – वडालाई पर्यटकिय स्थलको रुपमा चिनाउँदै, आय आर्जन वृद्धि गर्ने उदेश्य सहित सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बनिरहेको छ ।

बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख वजेटबाट ३९ फिटको बुद्धमूर्ति बनिरहेको् वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । २०७६ माघमा बाग्मती प्रदेशका उद्योग बन पर्यटन तथा वातावरण मन्त्रीले शिलान्यास गर्नुभएको बुद्धमूर्ति निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको रिसालले बताए । बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधा सम्पन्न पार्क निर्माण गरिने वडाको योजना रहेको उनको भनाई छ ।

बुद्धमूर्ति निर्माण कार्यमा अहिले ९ जना भुटानी कालिगढ खटिरहेका छन् । आफ्नो चुनावी घोषणापत्र अनुसार बुद्धमूर्ति र पार्क निर्माणको कार्य भईरहेको उनले बताए । ३९ फिट बुद्धमूर्ति रहेको सो स्थानबाट चौतारा, नगरकोट र धुलिखेल देख्न सकिने अध्यक्ष रिसालले बताए । आफ्नो आग्रहमा बाग्मती प्रदेश सरकारको उद्योग वन पर्यटन मन्त्रालयले वजेट विनियोजन गरेको उनले जानकारी दिए । ब्राह्मणको पहलमा बुद्धमूर्ति बनाउन पाएकोमा उनले खुशी व्यक्त गरे । धर्म निरपेक्ष राष्ट्रमा जात जाती र धर्मको नाममा विवाद हुनुहुँदैन भन्ने सन्देश दिन यो योजना अगाडि बढाइएकोे उनको भनाँई छ । २०७७ साल असार मसान्त सम्म बुद्धमूर्ति निर्माण कार्य सक्ने लक्ष्य लिईएको छ । बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधा सम्पन्न पार्क निर्माण गरिने लक्ष्य रहेको उनी बताउँछन् । पार्कमा हेलिप्याड, वनभोजस्थल, शिव मन्दिर, धारा बाथरुम,शौचालय रहने छ । पर्यटन मन्त्रीले शिलन्यासको क्रममा बुद्धमूर्तिसँगै पार्क निर्माण समपन्न गराएरैछाड्ने प्रतिबद्धता जनाउनु भएकाले काम समपन्न हुनेमा वडाबासी विश्वस्त रहेको अध्यक्ष रिसालको भनाई छ ।

त्यस्तै वडाले शेर्पा र गुरुङ बस्तीमा होमस्टे सञ्चालन गर्ने भएको छ । पर्यटन नै विकासको मुख्य आधारको रुपमा रहेकाले पर्यटनलाई वडाले जोड दिएको उनले बताए । यस अघि वडाले घरघरमा गई विद्यार्थी भर्ना र पुस्तक वितरण कार्य पनि गरेको थियो । बुद्धमूर्ति र पार्क बन्ने भएपछि स्थानिय खुसी भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्