जेठ ५ सम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।

कपिलवस्तुमा सोमबार थप दश जना सङ्क्रमित भेटिएका थिए । योसँगै अहिलेसम्म कपिलवस्तुमा सङ्क्रमतिको संख्या १५ पुगेको छ । सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएको छ । आज सङ्क्रमित भेटिएकाहरू १२ दिनअघि भारतको महाराष्ट्रका विभिन्न स्थानबाट नेपाल भित्रिएका थिए । भित्रिएलगत्तै उनीहरू क्वारेन्टाईनमा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्