अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री अर्याल र भीम रावल आमने सामने, रावले भने अडियो सुनाइदिउँ, मन्त्री चुप लागिन्

काठमाडौँ – एक रेडियो अन्तरवार्तामा लिम्पयाधुरा नेपालको नक्सामा नरहेको अभिव्यक्ति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमा विवादमा तानिएकी छिन् ।

उनको अभिव्यक्तिलाई लिएर सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेताहरुले चासो देखाएका छन् । तर मन्त्री अर्यालले आफूले कहीँ पनि कहिलेपनि लिम्पयाधुरा कालापानी नेपालको भूभाग हैन भनेर नभनेको दावी गरिन् । बरु आफू मन्त्रालयमा आएपछि ती भूभागहरु नेपालको रहेको प्रमाणहरु खोजेको, यथेस्ट प्रमाण जुटाउन आफू सफल भएको र ती भूभाग नेपालको हो भनेर भारतसँग टेबलमा बसेर छलफल गर्न सक्ने अवस्था बनाएको पनि दावी गरिन् ।

तर त्यस लगत्तै नेकपा नेता भीम रावलले मोबाइल निकालेर भने– ‘मन्त्रीज्यूले आफूले बोलेको कुरालाई अतिरञ्जना गरिएको भन्नुभएको छ । तपाईले बोलेको कुरा मसँग अडियो छ । भोलि सरकारलाई अप्ठेरो नपरोस् भन्ने मेरो आशय हो । तपाईं चाहनुहुन्न भने म चाहन्न तर तपाईं सुन्न चाहनुहुन्न भने उहाँले बोलेको म सुनाइदिन्छु ।’

रावलले अडियो सुनाउन अनुमति मागेपछि मन्त्री अर्याल चुप लागिन् भने समिति सभापति खरेलले अडियो सुनाउन आवश्यक नभएको बताएपछि उनले फोन राखे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्