बुधबारसम्म ब्यासको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी

दार्चुला – सरकारले छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यास गाउँपालिकाको छाङरुमा सशस्त्र प्रहरी खटाउने भएको हो ।

बुधबारसम्म कालापानी क्षेत्र छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिए ।

सन १९९९ देखि भारतले चीन जोड्ने उद्धेश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन २०१५ मा भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाइ भारतले प्राथमिकतासाथ निर्माण गरेको छ ।

भारतले निर्माण गरेको सडककको अहिले चौतर्फी विरोध भइरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्