स्थगित फ्रेन्च ओपन टेनिस प्रतियोगिता खेलाउनेविकल्पबारे बहस शुरु

काठमाडौं – फ्रान्सेली टेनिस महासंघले कोभिड–१९का कारण स्थगित भएको फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावनाबारे सुझाव दिएको छ ।

महासंघका अध्यक्ष बर्नार्ड गुइडिसीले व्यवसायिक मोडल अनुसरण गरेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी प्रतियोगिताको आयोजना गर्न सकिने विकल्प सुझाउनु भएको हो ।

विश्वकै प्रतिष्ठित र व्यवसायिक टेनिस प्रतियोगिता मध्येको एक फ्रेन्च ओपन जतिसक्दो छिटो खेलाउन सबै संभावनाहरुका बारेमा गृहकार्य गर्नुपर्ने अध्यक्षगुइडिसीले बताएका छन् ।

स्वास्थ्य महामारिका कारण स्थगित भएको विश्व टेनिस ग्राण्डस्लामको दोस्रो स्थानमा रहेको फ्रेन्च ओपन यसै महिनाको अन्तिम देखि सेप्टेम्बर महिनासम्ममा गर्ने गरी पुनर्ता्लिका बनाइसकिएको छ ।

तर प्रतियोगिता कसरी गर्ने भन्ने बारेमा भने योजना बन्न बाँकी छ । कोरोना संक्रमणका कारण यसबर्षको विम्वल्डन प्रतियोगिता रद्ध गरिएको छ भने यूएस ओपन टेनिस जुन महिनामा गर्ने संभावनाबारेमा कुराकानी भइरहेको छ ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्