आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ, महाकाली नदीमा पानीको वहाव बढ्ने

काठमाडौं – वैशाख २९ः सुदुरपश्चिम प्रदेश हुँदै प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणाली आज मध्य र पूर्वी क्षेत्रमा प्रवेश गरेको भएपनि यो प्रणाली कमजोर हुँदै गएको छ । यो मौसमी प्रणाली आज हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर स्थानीय वायुको प्रभाव कायमै रहने भएकाले अझै केहिदिन बर्षाको सम्भावना रहेको मौसमबिद् राजु प्रधानाङ्गाले जानकारी दिए । महाशाखाले आगामी ३ दिनको पूर्वानुमान जारी गर्दै बर्षाका साथै देशका केही नदीमा पानीको वहाव बढ्ने जनाएको छ ।

खासगरी महाकाली र यसका सहायक नदीमा बहाव केहि बढ्ने छ भने कन्काई, कोशी, कमला, गण्डकी, पश्चिम राप्ती, बबई र कर्णालीमा बहाव सामान्य घटबढ मात्र हुने जनाइएको छ ।

नेपालमा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव पनि रहेको छ । आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ ।

देशको पहाडि भु–भागका केही स्थान र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

आज राति पनि वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आगामी ३ दिन सम्मै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रि मनसुन गतिबिधि सक्रिए हुदा चट्याङ सहित पानी पर्ने भएकाले मौसमबिद्हरुले सबैलाइ सचेत हुन अपिल गरेका छन् । हिजो म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, पाल्पा, कास्की, गोरखा, लमजुङ, तनहूँ, नवलपरासी, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ र आसपास स्थानमा बर्षा भएको थियो ।– NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्