कोशी अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज, प्रदेश नं. १ मा निको हुनेको संख्या १६ पुग्यो

मोरङ – विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट आइतबार २ जना डिस्चार्ज भएका छन् ।

यो सँगै प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्